| क्र.सं. | शीर्षक | विवरण | प्रकाशन मिति | संलग्नहरू |
|---|---|---|---|---|
| १ | परिचय | नेपालमा संघीय प्रणालीको स्थापना पश्चात स्थानिय सर्वसाधारण सेवाग्राहीहरु लगायतलाई जिल्लामै सर्वसुलभ ढंगले सवारी साधन दर्ता, नामसारी, सवारी साधनको कर तिर्ने तथा ब्लुबुक नविकरण, रुट पर्मिट जारी, प्रदुषण जाँच, जाँचपास र नयाँ तथा थप वर्गको सवारी चालक अनुमती पत्र जारी तथा नविकरण लगायतका विभिन्न सेवाहरु सहज तरिकाले प्रवाह गर्ने उद्देश्यले बि.सं. २०७८/११/२४ गतेको मधेश प्रदेश मन्त्रीपरिषद्को निर्णय बमोजिम सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ र कार्यविधी निर्देशिका २०६०(संशोधन)को नीतिगत व्यवस्था वमोजिम मानिसको आवागमन र वस्तुहरुको ओसारपोसारको लागि सुरक्षित, भरपर्दो र सुलभ यातायात सेवा उपलब्ध गराउनु यस कार्यालयको मुख्य उद्देश्य सहित २०७९ श्रावण ३१ गतेबाट मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयवाट कार्य सम्पादन शुरु भई हाल श्रम तथा यातायात मन्त्रालय अन्तर्गत रही सवारी कर संकलनका साथै उल्लेखित कार्य सम्पादन गर्दै आईरहेको छ । | २०८२-१०-२४ | — |